तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने
(काठमाडौं) सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले साउन १९ गते (सेप्टेम्बर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने अनलाइनखबरलाई जानकारी दिए ।
मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र तिब्बतको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।