९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु
कोरोना भाइरसको संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु भऐको छ।
बारा घर भएका उनको वीरगन्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो।
उनको मंगलबार राति १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। गत आइतबार उनलाई तराई अस्पतालबाट गण्डक रिफर गरिएको थियो। उनमा उक्त रक्ताचाप सहित मुटुको समस्या रहेको डा. चौरसियाले जनाए।
मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २ सय ४१ पुगेको छ।