विश्वमा कोरोनाबाट मर्नेको संख्या १० लाख पार, संक्रमणदर भारतमा सबैभन्दा धेरै
कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन्। उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन्।
विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन्। कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो। त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ। हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन्।
उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन्।
विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन्।
कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो। त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ। हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ।