कोरोनाका कारण विराटनगरका दुई ठूला होटल बन्द
१४ असोज, विराटनगर । कोरोना महामारीका कारण चार महिनाको अन्तरालमा विराटनगरका दुई ठूला होटल बन्द भएका छन् । विराटनगरमा छुट्टै पहिचान बोकेका तारे होटल जेनिय र होटल नमस्कार बन्द भएका हुन् ।
विराटनगरको ट्राफिक चौकमा स्थापित होटल नमस्कार व्यवसायीक रुपमा विराटनगरमा खुलेको पहिलो स्तरीय होटल हो । जेनियल प्रदेश १ मा ठूलो लगानीमा खुलेको पहिलो होटल हो ।
२०३७ सालमा स्थापना भएको होटल नमस्कारले मंगलबारबाट आफ्नो सेवा बन्दको घोषणा गरेको हो । २०५५ सालमा स्थापना भएको जेनियल होटल ११ असारबाटै बन्द भइसकेको छ ।