तिलोत्तमामा बुधबारदेखि एक साता लकडाउन
(तिलोत्तमा) कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भादौ १० गते साँझ ७ बजेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग–व्यापार संगठनका प्रतिनिधिको समेत उपस्थितिमा मंगलबार बिहान बसेको संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको उनले बताए ।
यो अवधिमा दूध डेरी र डिपो बिहान ६ देखि ८ बजेसम्म बाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालनसमेत पूर्णतस् बन्द गर्ने निर्णय सीसीएमसी बैठकले गरेको छ ।