भक्तपुरमा एउटै परिवारका तीन जनामा कोरोना पुष्टि, सिपाडोल-८ खापी क्षेत्र सिल
(भक्तपुर) भक्तपुरमा २२ महिने बालकसहित एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ खापी घर भएका नक्सालमा कार्यरत प्रहरी जावनलाई यही साउन १९ गते कोरोना पुष्टि भएको थियो ।
सोही प्रहरी जवानका २८ वर्षीया श्रीमती र २२ महिने बालकमााई समेत कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले बताए ।
उक्त बालकको हात भाँचिएपछि उपचाको लागि भक्तपुरको भिसींखेलेस्थित सिद्ध स्मृति अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसेपछि थप उपचाको लागि भक्तपुर सल्लाघारीस्थित ईवामुरा अस्पताल रेफर गरिएको थियो ।
सोही क्रममा उपचार अघि बालकको स्वाव परीक्षणका लागि पठाएको रिपोर्टमा आमा र बालक दुवैमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले शनिवार पुष्टि गरेको थियो । संक्रमित आमा र बालक दुवै जनालाई थप उपचारको लागि काठमाडौंको पुलिस अस्पताल लगिएको छ, भने प्रहरी जवानको भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको स्वस्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले बताए ।
संक्रमितहरु बसोवास गर्ने सिपाडोल वडा नम्वर ८ खापी क्षेत्रमा सिल गरिएको वडाध्यक्ष किरण थापाले बताए । बालकको उपचारमा संलग्न ईवामुरा अस्पतालका १० कर्माचारी र ३ जना चिकित्सकलाई आसोलेशनमा राखिएको अस्पतालका व्यवस्थपक रंजित मारिखुले जानकारी दिए ।