भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झन बिग्रियो !
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झन विग्रिदै गएको जनाइएको छ ।
बुधबार आर्मीको अस्पतालले बयान जारी गर्दै पूर्व राष्ट्रपति मुखर्जीको फोक्सोमा संक्रमण भएको कारण स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जनाएको हो । हाल पूर्व राष्ट्रपति मुखर्जीलाई अस्पतालको विशेषज्ञा डाक्टरहरुको निगरानीमा भ्यान्टिलेटरमा राखिएको जनाइएको छ ।
उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भारतीय सेनाको अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।