छाेरीमा पनि संक्रमण
(तनहुँ) तनहुँको व्यास नगरपालिका- १ निवासी ५० वर्षीया महिलाकाे काेराेना संक्रमणका कारण पाेखरामा मृत्यु भएकाे छ । कास्की सेवा अस्पतालमा उपचारका लागि ३२ गते गएकी ती महिलाको उपचारकै क्रममा मृत्यु भएकाे हाे । उनी छोरीमा पनि संक्रमण देखिएकाे छ ।
मृतक महिला पोखरा- १२ हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत थिइन् । उनको सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ । स्राेतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । पोखरा जानू अघि दमौलीकै एक मेडिकलमा उनकाे उपचार गरिएको भेटिएकाे छ । मृतक महिलामा मधुमेहसँगै मुटुरोगको समेत समस्या रहेको जनाइएको छ ।
केहिबेरअघि मात्र प्राप्त नतिजाअनुसार उनमा कोभिड-१९ पोजिटिभ देखिएको बताइएकाे छ । यद्यपि यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केही जानकारी दिइसकेको छैन । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको छ ।