जर्मनीमा लकडाउनविरुद्ध प्रदर्शन
काठमाडौं) जर्मनीको राजधानी सहर बर्लिनमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रताविरोधी रहेको भन्दै उनीहरुले शनिबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा बर्लिनका ब्रेडनवर्ग गेटमा हजारौं मानिसको भिड देखिएको थियो । प्रदर्शन शान्तिपूर्ण भए पनि प्रदर्शनमा सहभागी केही मानिसले मात्र मुखमा मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दुरीको नियम पनि पालना गरेका थिएनन् ।
जर्मनी कोरोना भाइरसबाट निकै प्रभावित भएको मुलुक हो । अहिले पनि मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । शुक्रबार मात्र जर्मनीमा कोरोना भाइरसका नौ सयभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए भने सात जनाको मृत्यु भएको थियो ।
शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा सहभागी धेरैले मास्क लगाएका थिएनन् बरू मास्क लगाएको तस्बिरमा क्रस कोरेर प्लेकार्ड बनाएका थिए। कोरोनाभाइरसका कारण खोसिएको प्रजातन्त्र फिर्ता ल्याउनु पर्ने उनीहरूको माग थियो।
प्रहरीले आयोजकहरूविरूद्ध स्वच्छता नियमको सम्मान नगरेको भन्दै मुद्दा चलाउने तयारीसमेत गरेको छ।
शुक्रबारमात्र ९ सय नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको ज्यान गएको थियो।