दैनिक १८ सयदेखि ९ हजारसम्म शुल्क लाग्ने गरी होटल क्वारिन्टिन तोकिए
(काठमाडौं) सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ ।
यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १८ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।
सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेलगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक भएको हो । यसअनुसार विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंको तोकिएका होटलमा आफूलाई पायक पर्ने दर रेटमा होटल बुक गर्न सक्नेछन् ।
विदेशबाट फर्किनेहरु २ जनाले एउटा रुम सेयर गरेमा सस्तो पर्ने छ ।