राजश्व अनुसन्धान प्रमुख ८ लाख ९८ हजार घुससहित पक्राउ
(बुटवल) अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय रानालाई नियन्त्रणमा लिएको छ ।
बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई घुस वापतको रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालले जानकारी दिए ।
'हाम्रो टोली फिल्ड मै छ, एक घण्टापछि पूर्ण विवरण सार्वजनिक गछौं, 'उनले अन्नपूर्ण पोष्टसँग भने ।अख्तियारले सोमबार मात्रै बाके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।