कोरोनाले विदेशमा १८९ नेपालीको मृत्यु
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ।
भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन्। यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।
विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाभाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ।