उपत्यकामा १५ दिन अत्यावश्यक सेवाबाहेक कार्यालयहरु बन्द
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलँदै गएपछि १५ दिनका लागि अत्यावश्यकबाहेकका प्रशासनिक कार्यालय बन्द गरिने भएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । सर्वाधिक संक्रमण देखिएका जोखिमयुक्त क्षेत्र महाबौद्द, न्युरोड, टेकुसहितका क्षेत्र स्थानीय तहहरूसँगका सहकार्यमा सिल गर्ने तयारीसमेत गरिएको हो ।
प्रजिअ बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्नेसमेत निर्णय गरेको छ ।