कोरोना संक्रमणबाट बाँकेमा ६२ वर्षीय पुरुषको मृत्यु
(नेपालगञ्ज) कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा गए राति एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगन्ज- ५ का ६२ वर्षीय पुरुष रहेका छन् । उनकाे नेपालगन्ज शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाेहाे । यससँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
पछिल्लाे समय बाँकेलगायत आसपासका जिल्लामा पनि समुदाय स्तरमा तीब्ररूपमा काेराेना भाइरस फैलिएपछि काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढिरहेकाे छ ।