उपत्यकामा ३ सय ७७ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा उपत्यकाभित्र ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना छन्।
उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो। बुधबारमात्रै काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।