रुसमा कोरोना संक्रमित साढे आठ लाख नाघे
(काठमाडौं) रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या आठ लाख ५० हजार नाघेको छ । रुसको कोरोना भाइरस टास्क फोर्सले आइतबार दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ५० हजार ८७० पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका पाँच हजार ४२७ नयाँ संक्रमित थपिएका छन् ।
रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १४ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसको कारण ७० जनाको मृत्यु भएको हो । कोरोना भाइरसका संक्रमित संख्याको आधारमा रुस विश्वको चौथो सबैभन्दा बढी प्रभावित मुलुक हो ।