प्रचण्ड सचिवालयका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना पुष्टि भएका सशस्त्र प्रहरी हुन्। उनी चालकको रूपमा कार्यरत छन्। उनलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको स्रोतले बतायो।
ती चालक प्रचण्डका सवारी चालकसँगै हिँड्ने र बस्ने गर्थे। अहिले प्रचण्डका चालक पनि आइसोलेसनमा छन्। यसअघि प्रचण्डको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रचण्डसहित उनका सचिवालयको टिमको भने कोरोना भाइरसको रिपोर्ट नेगेटिभ देखिएको थियो। स्रोतका अनुसार प्रचण्डले भेटघाटका सबै कार्यक्रम स्थगित गरेका छन्।
उनको निवासमा आउन जान समेत बन्द गरिएको छ।