पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ८६५ कोरोना संक्रमित थपिए, ८५२ को मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८६५ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरस संक्रमितको संख्यामा प्रत्येक दिन नयाँ रेकर्ड बन्दै आएको भारतमा पछिल्लो २४ घण्टाका सहित संक्रमितकाे संख्या १७ लाख ५१ हजार ९ सया १९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण ८५२ को ज्यान गएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा ३७ हजार ४ सय ३ पुगेको छ । त्यस्तै ११ लाख ४६ हजार ८ सय ७९ जना निको भएर घर फर्किएका छन् । ५ लाख ६७ हजार ६ सय ३७ जना उपचाररत छन् । त्यसमध्ये८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।