लेबनान विस्फोट : अनुसन्धान गर्न १६ पक्राउ, स्थानीय आन्दोलित
(बेरुत) लेबनान विस्फोट अनुसन्धानको क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
साथै सरकारले अनुसन्धानका लागि छानविन समितिलाई चार दिनको समयावधि दिएको छ । घटनाबारे बुझ्न फ्रेन्च राष्ट्रपति इमयानुएल म्याँक्रो लेबनन पुगेका छन् । उनले लेबनानलाई सहयोग गर्न आफू तयार रहेको पनि बताएका थिए ।
तर स्थानीय नागरिक नेतृत्वप्रति आक्रोशित हुँदै आन्दोलित बनेका छन् । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । फ्रेन्च सहयोगमा पनि उनीहरुले विरोध जनाएका छन् । लेबननको बेरुतमा गत बुधबार विस्फोट हुँदा १ सय ५७ भन्दा धेरैको मृत्यु भएको छ । ५ हजार घाइते छन् ।
यस्तै दर्जनौँ मानिस वेपत्ता हुनुका साथै अर्बौँको आर्थिक क्षति भएको बताइएको छ । उक्त घटनालाई राजनीतिक नेतृत्वको अकर्मण्यताका कारण भएको भन्दै पछिल्लो समय स्थानीयहरु आन्दोलित बनेका हुन् ।