चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरूमध्ये १४ जना चितवनका हुन्।
नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन्।
आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।