काठमाडौं उपत्यकामा शुक्रबार २०८ संक्रमित थपिए
काठमाडौं उपत्यकामा शुक्रबार थप २०८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।
उनका अनुसार काठमाडौं १८२, ललितपुरमा २५ र भक्तपुरमा १ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए।