कोशी अस्पतालमा उपचाररत एक युवकको मृत्यु, मृत्युपछि काेराेना रिपोर्ट पोजेटिभ
(विराटनगर) विराटनगर स्थित कोशी अस्पतालमा आइसोलेसनमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।
बिहिबार बिहान ११ बजे श्वासप्रस्वासमा समस्या र ज्वरो खोकी लागेर अस्पताल भर्ना भएका विराटनगर १५ का ३० वर्षीय पुरुषको साझ ४ः३० बजे मृत्यु भएको कोशी अस्पतलका आइसोलेसन इन्चार्ज डाक्टर लक्ष्मिनारायण यादवले जानकारी दिनुभयो ।
मृत्युपछि उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । पहिलो रिपोर्ट नेगेटिभ अएको र शंका लागेर पुन: टेष्ट गर्दा पोजेटिभ आएको छ । श्वासप्रस्वासमा समस्या र ज्वरो खोकी आएको र सिरियस अवस्थामा अस्पताल भर्ना भएका उनको लक्षण कोरोनासँग मिल्ने भएका कारण स्वाब संकलन गरेर आइसोलेसनमा राखेर उपचारकै क्रममा रिपोर्ट नआउँदै बिहीबार दिउँसो ४ बजे उनको मृत्यु भयो ।
उनको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको इन्चार्ज डा.यादवले जानकारी दिनुभयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै विराटनगरमा भृत्यु हुनेको संख्या ६ पुगेको छ भने मोरङमा ९ जना पुगेको छ ।