महानगरीय प्रहरी कार्यालयमा थप तीन प्रहरीमा कोरोना संक्रमण
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप तीन जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
कार्यालयमा गरिएको परीक्षणमा आइतबार राति थप तीन जनामा संक्रमण देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए। संक्रमित प्रहरीहरू कन्ट्रोलमा कार्यरत थिए। रानीपोखरीको कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरीहरू छन्।
अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेशनमा पठाइएको छ। आइतबार नै कपाल काट्ने एक प्रहरीमा संक्रमण देखिएको थियो।उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ।