प्रहरीका दुई उच्च अधिकृतलाई कोरोना संक्रमण
(काठमाडौँ) महाराजगञ्जस्थित विरेन्द्र प्रहरी अस्पतालमा कार्रत दुई प्रहरी डिआईजीमा संक्रमण पुष्टि भएको बुझिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी अस्पतालमा अहिलेसम्म ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । साथै विभिन्न स्थानमा खटिएका नेपाल प्रहरीका जम्मा १ सय ५५ जनामा सक्रिय संक्रमण रहेको बताइएको छ ।
आइतबार पुष्टि भएका डिआईजीको कोरोना संक्रमणबारे विस्तृतमा सार्वजनिक गरिएको छैन । पछिल्लो समय काठमाडौँमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि सरकारले सार्वजनिक सवारीमा रोक लगाउनुका साथै बजार बन्द गरेको छ ।