इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका २ जनामा कोरोना संक्रमण
(इलाम) इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
इलाम नगरपालिकाका एकजना सफाई कर्मचारी र ड्यूटीमा खटिएका एक जाना नेपाली सेनाका जवनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका थिए । उनीहरु क्वारेन्टाइनबाट बाहिर नगएका पनि इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जाकारी गराए । योसँगै इलाममा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । हालसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
इलाममा हालसम्म ५ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । इलामको इलाम नगरपालिकामा १० जना, सूर्योदय नगरपालिकामा ११ जना, माई नगरपालिकामा २ जना, देउमाई नगरपालिकामा २ जना, रोङ गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।