भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७ हजार नाघ्याे, एकैदिन ५ सय बढीकाे मृत्यु
(काठमाडाैं) भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अहिले भारतमा काराेनभाइरसबाट मृत्यु हुनेकाे संख्या १७ हजार नाघेकाे । वर्डाेमिटर्सका अनुसार बुधबार बिहानसम्म भारतमा काेराेनाभइरसबाट मृत्यु हुनेकाे संख्या १७ हजार ४१० पुगेकाे छ ।
पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ५ सय ६ जनाकाे मृत्यु भएकाे छ भने १८ हजार २५६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ५ लाख ८५ हजार ७९६ पुगेकाे छ । अहिले भातरमा २ लाख २० हजार ३२८ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ३ लाख ४७ हजार ८६३ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।