काठमाडौँमा सुनको सिक्री लुट्ने समुह गिरफ्तार
(काठमाडौं) काठमाडौँको झोँछेमा दिनदहाडै सुनको सिक्री लुटपाटन गर्ने समूहलाई प्रहरीले पक्रेको छ । बसन्तपुर बस्ने २९ बर्षिया महिलाको सुनको सिक्री लुटपाटमा संलग्न अकेश नकर्मी र विक्की मगरलाई महानगरीय प्रहरी वृत जनसेवाबाट खटेको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले लुटेको सिक्री अकेशको श्रीमती नेहा शर्मा नकर्मीले डल्लुमा रहेको माँ हारतीशरण सुनचाँदी पसलमा बेचेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
उनीहरुले लुटेको सिक्री अकेशको श्रीमती नेहा शर्मा नकर्मीले डल्लुमा रहेको माँ हारतीशरण सुनचाँदी पसलमा बेचेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।