वीरगञ्जमा एक कोरोनाभाइरसका शंकास्पद संक्रमितको मृत्यु
वीरगञ्जमा आइतबार बिहान करोनाभाइरसबाट शंकास्पद संक्रमति एक जना वृद्धको मृत्यु भएको छ । वीरगञ्ज आदर्शनगर–१० निवासी ६५ वर्षका वृद्धको नारायणी अस्पताल अस्थायी कोभिड गण्डक अस्पतालमा मृत्यु भएको डाक्टर निरज सिंहले बताएका हुन् ।
वीरगञ्ज हेल्थ केयरमा वृद्धिको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि शनिबार राति करिब ८ बजे हेल्थ केयरबाट नारायणी अस्पताल अस्थायी कोभिड गण्डक अस्पतालमा सिफ्ट गरेर भेन्टिलेटरमा राखिएको थियो । उनको आइतबार बिहान ६ बजे वृद्धको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए । मृत्यु भएका वृद्धको पिसिआर रिपोर्ट आउन बाँकी रहेको डाक्टर सिंहले बताए ।