कालिकोटको नरहरीनाथमा पहिरो, थप ६ जना वेपत्ता, एकको मृत्यु
(कालिकोट) कालीकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका ६ जना वेपत्ता भएका छन् । मंगलबार राति ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर ६ जना वेपत्ता भएका छन् भने एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।
वेपत्ता हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए।
उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढालाई उद्धार गरी कुमालको स्वास्थ्य चौकीमा पुर्याइएको थियो। उपचारका क्रममा त्यहाँ उनको मृत्यु भएको हो । घरमा पुरिएकाहरुको खोजी गर्न प्रहरी चौकी कुमालगाउँबाट प्रहरी घटनास्थल पुगेको डीएसपी ओलियाले बताए।
मंगलबार बिहान रास्कोट नगरपालिका-१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँचजनाको शव अझै भेटिएको छैन । उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको डिएसपी ओलियाको भनाइ छ ।
कालिकोट : कालीकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका ६ जना वेपत्ता भएका छन् । मंगलबार राति ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर ६ जना वेपत्ता भएका छन् भने एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।