पहिरोबाट काठमाडौंमै एक जनाको मृत्यु
(काठमाडौं) काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।