क्वारेन्टिनबाट घर गएकी महिलाको मृत्यु
(कैलाली) कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ बर्सिया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताए ।
भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ साउदले भने ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछि मात्रै शव व्यवस्थापन गर्ने बताइएको छ ।