ब्राजिलका राष्ट्रपति बोलसोनारो पनि कोरोना संक्रमित
(एजेन्सी) ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना संक्रमण देखिएको छ । ज्वरो आएपछि उनले सोमबार चौथो पटक आफ्नो कोरोना परीक्षण गरेका थिए।
परीक्षणको नतीजा अनुसार बोलसोनारोमा कोरोना सकारात्मक रहेको पाइएको छ। उनलेले जहिले पनि कोरोना भाइरसको जोखिम कम रहेको वर्णन गर्दै आएको जनाइएको छ। उनले कोरोना भाइरसलाई एक सामान्य फ्लूको रूपमा उल्लेख गरेका थिए । उनले कोरोनाले आफूमा कुनै प्रभाव नपार्ने भन्दै आएको बीबीसीमा उल्लेख छ । तर हाल उनी कोरोना संक्रमित भएका छन्।
बोलसनोरो पनि आफ्नो देशका विभिन्न प्रान्तहरूमा लागू गरिएको लकडाउन हटाउन प्रदर्शनमा संलग्न थिए। उनले कोरोना भाइरसलाई हल्का रुपमा लिदै आएका थिए । तर सम्पूर्ण ब्राजिल अहिले कोरोना भाइरसको चपेटामा परेको छ। सोमबारसम्म ब्राजिलमा १६ लाख भन्दा बढी मानिसहरूलाई कोरोना संक्रमित भएका छन् भने ६५ हजार हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
बोलसनोरोले सोमबार ब्राजिलमा सार्वजनिक ठाउँमा मास्क लगाउन अनिवार्य बनाएका छन् । यो भन्दा अगाडि उनले स्थानीय नियमहरूको उल्लंघन गर्दै मास्क बिना धेरै सार्वजनिक कार्यक्रमहरूमा भाग लिएका थिए। यद्यपि बोलसनोरोले पत्रकार सम्मेलनमा आफ्नो कोरोना सकारात्मकको बारेमा जानकारी दिएको बताइएको छ । उक्त सम्मेलनमा सामाजिक दूरीको नियम पालन नभएको कारण यस बारे टिप्पणी गरिरहेका छन् ।