नेपाल एयरलाइन्सका चार पाइलटसहित १४ कर्मचारी काेराेनाबाट निकाे भए
नेपाल एयरलाइन्सका चार जना पाइलटसहित १४ जना उडान कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन्। निको भएका सबै संक्रमितलाई अहिले आ-आफ्नो घर पठाइएको छ।
अब आवश्यक्ता अनुसार निको भएका कर्मचारीलाई काममा बोलाइने खड्काले बताइन्। सोल्टी होटलको क्वारेन्टिनमा बस्ने क्रममा पाइलटसहित उडान कर्मचारीमा संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएपछि एयरलाइन्सले सबैलाई ह्याम्स अस्पताल भर्ना गरेको थियो। तर पछि अस्पतालको उपचार शुल्क महंगो रहेको भन्दा पाँचौं दिनपछि संक्रमति सबैलाई सोल्टी होटलकै आइसोलेसनमा राखियो।
एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ। उनीहरूले चार वटा उडान गरेपछि एअरलाइन्सले पिसिआर परीक्षण गरेर घर पठाउने गरेको छ।