ल्याटिन अमेरिकी मुलुकमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ लाख ४४ हजार नाघ्यो
कोरोना भाइरसको कहाली विश्वमा अमेरिकापछि ल्याटिन अमेरिकामा सबै भन्दा बढी भएको छ । ल्याटिन अेमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्याले अमेरिका र क्यानाडालाई उछिनेको छ ।
ल्याटिन अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेहरूको संख्या एक लाख ४४ हजार ७ सय ५८ पुगेको छ । जबकि अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक लाख ३५ हजार ६ सय ५ पुगेको छ । त्यस्तै क्यानडामा ८ हजार ८ सय जनाको मृत्यु भएको छ । तर यदि संक्रमणको दृष्टिकोणबाट हेर्ने हो भने अमेरिकामा कोरोना भाइरसको नयाँ संक्रमणको संख्या तीव्र गतिमा बढेको छ ।
हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या ३३ लाख ६३ हजार ५६ पुगेको छ । समाचार एजेन्सी रो‘यटर्सका अनुसार गत ५ दिनमा ग्लोबल संख्यामा कोरोना भाइरसको संख्या १० लाखले वृद्धि भएको छ।
यसको मतलब पछिल्लो पाँच दिनमा १० लाख नयाँ मानिसहरूलाई कोरोना भाइरस संकमण भएको पुष्टि भएको छ । तर अझै विश्व स्वास्थ्य संगठनले भनेका छ्, “यो महामारीको सबैभन्दा नराम्रो रूप अझै प्रकट भएको छैन।”