कीर्तिपुरको सुन्दरीघाटमा बागमती पस्यो, २० जनाको उद्धार
(काठमाडौँ) कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बागमती नदीमा पानिको बहाव बढेर बस्तीमा पसेको छ । सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।
यता, आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण ललितपुरको बाग्मती गाउँपालिका–५ रुम्बामा सड्क अवरुद्ध भएको छ । चापागाउँबाट गिम्दी जाने बाटो अवरुद्ध भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यस्तै, भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल वर्षाका कारण पुल हाउस भत्किएको छ । रामबहादुर तामाङले सञ्चालन गरेको पुल हाउसको पर्खाल भत्किँदा २ लाखको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।