ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुनसकेको छैन।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ।