लालबकैया खोलाको बाढीले बगाउँदा एकको मृत्यु
लालबकैया खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु गएको छ । बाढीले बगाएर ल्याएका दाउरा निकाल्न जाने क्रममा कटहरिया नगरपालिका १ भसेडवाका २५ वर्षीय बैजु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बाढीमा बगेर आएको दाउरा टिप्न जाँदा उनलाई बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले जानकारी दिए । मंगलबार पनि चाँदी नदीमा आएको बाढीले बगाएर १ जनाको ज्यान गएको थियो ।