नोबेल पुरस्कारको वार्षिक समारोह रद्द
कोरोना महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । मंगलबार नोबेल फाउन्डेसनले यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह आयोजन नहुने बताएको हो ।
६४ वर्षपछि पहिलो पटक नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको हो । यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन । सामान्यतया: हरेक वर्ष डिसेम्बर १० का दिन पुरस्कार वितरण समारोह आयोजना गरिन्थ्यो ।
यसअघि सन् १९५६ मा तत्कालीन सोभियत संघले हंगेरीमाथि आक्रमण गरेपछि नोबेल पुरस्कार समारोह रद्द गरिएको थियो । त्यसअघि दुई विश्वयुद्ध, सन् १९०७ र १९२४ मा पनि पुरस्कार वितरण समारोह रद्द गरिएको थियो ।