धरानमा कोरोना जितेर १५ जना डिस्चार्ज
(धरान) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । प्रदेश १ को झापा, सुनसरी र खोटाङका १४ जना र प्रदेश २ को महोत्तरीका एकजनाले कोरानो जितेर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
पछिल्लो पटक प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेमा ९ पुरुष र ६ महिला रहेको डा.सापकोटाले बताए । प्रतिष्ठानमा कोराना पोजीटिभ देखिएर भर्ना भएका झापाका १२ र सुनसरी खोटाङ र महोत्तोरी जिल्लाका एक एक जना निको भएर घर पर्किएका हुन् ।