पछिल्लो २४ घण्टामा प्रदेश १ मा २३ संक्रमित थपिए
(विराटनगर) प्रदेश १ मा ४ जना स्वास्थ्यकर्मीसहित २३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा सोमबार ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा साउन १२ गतेसम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।