कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ४० ले पाकिस्तानमा ज्यान गुमाए
पाकिस्तानमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट २४ घण्टामा ४० जनाको ज्यान गएको छ ।
पाकिस्तान नेशनल कमाण्ड एन्ड अपरेशन सेन्टरले पाकिस्तानमा कोरोना भाइरसको संक्रमणको ताजा आँकडा जारी गरिएको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसको संक्रमणको २ हजार एक सय ४५ नयाँ केस अगाडि आएको छ ।
पाकिस्तानमा हालसम्म २ लाख ५७ हजार ९ सय १४ संक्रमित रहेका छन् । त्यस्तै एक लाख ७८ हजार ७ सय ३७ संक्रमित ठीक भइसकेका छन् । पूरै पाकिस्तानमा कोरोनाको विरामीका लागि एक हजार ८ सय २५ भेन्टिलेटरहरूको सुविधा रहेको छ तर सञ्चालनमा भने ३ सय ३० रहेको जनाइएको छ ।
पाकिस्तानमा कोरोना विरामीका लागि ७ सय ३३ अस्पतालको व्यवस्था रहेको छ ।