भारतमा एकैदिन ४७ हजार संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ७०४ कारोना भाइरस संक्रमित थपिएका छन् । जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार भारतमा कारोनाबाट मृत्यु हुनेको कुल संख्या ३३ हजार ४०८ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको १४ लाख ८० हजार बढी कोरोना संक्रमित भएका छन् । ती मध्य ९ लाख ५२ हजार ७४४ जना संक्रमण मुक्त भइसकेको छन् ।