भीषण बाढीका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ बेपत्ता, २ शव फेला
गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसेका स्थानिय रस्मिला लामा पाख्ररिन हाम्रो दृष्टि लाई जानकारी दिनुभयो । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाडीचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पुग्याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो । त्यस्तै, बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेले अनुखाँडिचौरभन्दा माथिको पुल बगाएको कारण लामो बाटो आफूहरु घटना भएको स्थानमा पुग्न लागेको बताए । उनका अनुसार २ जनाको शव भेटिएको र सात आठ जना हराइरहेको प्रारम्भिक जानकारी आएको छ । त्यस्तै, १५ देखि १६ घर बगाएको भन्ने जानकारी छ । यद्यपि, घटना भएको स्थानमा पुगेपछि मात्र सबै कुराको यकिन जानकारी आउने उनले बताए ।