चन्द्रागिरीका तीन घर पहिरोको जोखिममा, परिवारलाई सुरक्षित स्थानमा सारियो
(काठमाडौं) काठमाडौंको चन्द्रागिरी नगरपालिका १३ मा तीन घर पहिरोले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । चन्द्रागिरि १३ सेरे खोल्सा बोगटी गाउँमा रहेको घर मुनि पहिरोले घर जोखिम बढाए पछि तिन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट उप सेनानी प्रसान्त बिक्रम थापाको नेतृत्वमा गएको २० जनाको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । चन्द्रागिरी नगरपालिकाले तीनघरका व्यक्तिलाई अस्थायी रूपमा प्रदान गरिएको पालमा व्यस्थापन गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।
पहिरोका कारण सीता रिजाल, पुष्पराज गिरी, तेज कुमारी पौडेलको घर उच्च जोखिममा रहेको प्रवक्ता महर्जनको भनाइ छ । नेपाली सेनाको युद्ध कवच गणका टोलीले तीनै घरमा रहेको सामाग्री झिकि सुरक्षित स्थानमा पाल टागेर राखिएको नेपाली सेनाले जनाएको छ ।