नेपाल एयरलाइन्सको उडानमार्फत आज अस्ट्रेलियाबाट २५८ नेपाली स्वदेश फर्किंदै
(काठमाडाैं) मंगलबार पनि लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरू स्वदेश ल्याउने क्रम जारी छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार बिहानसम्म आउने र जाने गरी १२ उडान तय भएको भए पनि दिउँसोसम्म बढेर २० देखि २२ उडानसम्म पुग्न सक्नेछ । तय भएकामध्ये आज ६ उडानमार्फत विदेशबाट नेपाली स्वदेश आउँदैछन् ।
नेपाल एयरलाइन्सको उडानमार्फत अस्ट्रेलियाबाट २५८ नेपाली मंगलबार काठमाडौं आउने विमानस्थल स्रोतले जनाएको छ । जसमा अष्ट्रेलीयाको सिड्नीबाट मात्रै २५८ नेपाली आउने भएका हुन् ।
उनीहरु लकडाउनले रोकिएका र धेरैजसो जेष्ठ नागरिक रहेको बताइएको छ । नेपाल सरकारले अस्ट्रेलियाबाट नेपाल आउनेहरुका लागि १६ सय १५ अमेरिकी डलर भाडा तोकिदिएको छ । आज आएका उनीहरुलाई प्रदेशगत हिसाबले काठमाडौंमा व्यावस्था गरिएको आवासगृहमा राखिने र स्वास्थ्य परीक्षणपछि आ-आफ्नो प्रदेश वा जिल्लामा पठाइनेछ ।