चीनमा दाेस्राे लहरकाे काेराेना फैलिँदै
(एजेन्सी) कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको चीनमा फेरी नयाँ चिन्ता थपिएको छ । चीनमा पछिल्लो एक सातादिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी काेराेनाका संक्रमित भेटिएक छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सय ५० भन्दा बढी घटना देखिएका छन् । बेइजिङमा संक्रमणको घटना बढेको देखेर अधिकारीहरू चिन्तित भएका छन् । बेइजिङमा लगभग दुई महिनादेखि काेराेनाकाे कुनै नयाँ केस देखिएको थिएन । नयाँ घटनाले चिनियाँ राजधानीमा फेरि कोरोना भाइरस फैलिने चिन्ताको विषय बनाएको छ ।
चीनमा लगभाग एक महिनादेखि दैनिक रूपमा एकदमै कम नयाँ केस देखिएन थालेका थिए । नयाँ काेराेना संक्रिमत भेटिन छाडेकाे थियाे तर एक सातादिनदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेकाे छ । यसले दाेस्राे लहरकाे काेराेना फैलिने चिन्त बढेकाे छ । पछिल्लाे २४ घण्टाकाे अवधिमा चीनमा २८ जना काेराेना संक्रमित भेटिएका छन् । अहिले चीनमा २६५ जनामा काेराेना सक्रिय देखिएकाे छ । कुनैबेला त्यहाँ ६० जनामा मात्रै काेराेना संक्रिय रहेकाे थियाे ।
यससँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार २९३ पुगेकाे छ । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३४ छ ।
बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिका थिए । त्यसपछि गत शनिवारदेखि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ । उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने र उक्त बजार पुगेका करिब दुई लाख सर्वसाधारणलाई सम्पर्क गरिएको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ ।
सरकारी अखबार ‘ग्लोबल टाइम्स’ का अनुसार चिनियाका स्वास्थ्य विज्ञहरू विश्वास गर्छन् कि संक्रामक रोगको उन्मुक्ति नभएको कारण छिटपुट घटनाहरू सामान्य हुन्छन तर दुई करोडको जनसंख्या भएको यो शहर फेरि महामारी फैलिने सम्भावना छैन। बासिन्दाहरूलाई सावधानी अपनाउन धेरै सजग छन्।