अमेरिकाको धेरै स्थानहरूमा फेरि बढ्यो कोरोना संक्रमण
अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या २५ लाख बढी पुगेको छ ।
कोरोनाको सबैभन्दा बढी संक्रमण फ्लोरिडा र टेक्ससमा रहेको जनाइएको छ बीबीसीका अनुसार शनिबार फ्लोरिडामा लगातार दोस्रो दिन ९ हजार भन्दा बढी संक्रमितहरु फेला परेको छ । त्यहाँ अहिलेसम्म एक लाख ३२ हजार संक्रमित पुगेको छ, भने ३ हजार ३ सयको ज्यान गएको छ ।
संक्रमण फेरि तीव्र गतिमा बढेपछि शनिबार फ्लोरिडामा प्रशासनले एक पटक फेरि कडाइ गरिएको छ । शुक्रबार टेक्सासमा फेरि प्रतिबन्ध लगाइएको छ।
अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म १ लाख २८ हजार मानिसहरुको ज्यान गएको छ ।