वडाध्यक्षको असहयोगका कारण गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी पुल अर्थहिन
गोरखा जिल्लाको पालुङटार नगरपालीका वडान. ७ कुमालटारी र तनहुँ को विमलनगर बाट राजमार्ग जोड्ने मस्र्याङ्दी नदी माथीको पक्की पुल निर्माण सम्पन्न भएर पनि अर्थहिन भएको छ । सो पुल हुँदै गोरखाको पश्चिम क्षेत्र लमजुङ र तनहुँको पुर्वीभेगका वासिन्दालाई आवत-जावत गर्न कठिनाई भएको छ । यो सडक पालुङटार नगरपालीकाको कुमालटारी देखी मौवाटार, ढाटीपखरी, दुधपोखरी सम्म करिव १०० किलोमिटरको रहेको छ । यो सडक खण्डको कुमालटारी देखी प्याउती खोला सम्म करिव ५ किलोमिटर यसै वर्ष पिच गर्ने गरी करसेप्ट निमार्ण सेवा सप्लार्यस् सँग सम्झौता भएको छ ।
पुलको गोरखा तर्फको मुुख कुमालटारी क्षेत्रमा निर्माण हुनपर्ने टेवा पर्खाल, नाली, ग्राभलिङ जस्ता काम पालुङटार नगरपालीका वडा न. ७ को वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ असहयोगका कारण अवरुद्ध भएको स्थानिय वासिन्दाले गनासो गरेका छन् ।

पुल निर्माण गर्नको लागी स्थानियले नै माग गरेको र आफ्नो क्षेत्र वरपर सडक निर्माणको लागी आवश्यक जम्मा पाँच–पाँच मिटर नि: शूल्क सडक बनाउन दिने भनि सम्झौता गरेका पुल सम्पन्न हुने चरणमा आएर केही स्थानिय वासिले पहिले आफैले गरेको सम्झौता उलङघन गरी सर्वोच्च अदालतमा मुवाजा को लागी मद्धा हाल्नुले आफु चकित परेका नेकपा गण्डकी प्रदेश सदस्य हरी काफ्ले वताउनु हन्छ ।
वडाध्यक्षले जुन ढगँबाट सहयोग गर्नुपर्नै या त्यो नगरी यो पुलको कुनै आवश्यकता नभएको कुरा व्यक्त गर्नु भएको छ । ठेगेदार कम्पनीका प्रमुख हरी प्रसाद ढकाल का अनुसार वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले सर्वोच्च बाट फैसला पाएर काम अगाडी बढाउनु नदीने गरी एक पक्ष कागज गरको बताउन भएको छ । यसले जन प्रतिनिधिले विकास विरोधी देखिएको छ ।
सडक विभाजन कार्यलयले काम गर्ने वातावरण बनाईदिन जिल्ला प्रशासन कार्यलयमा निवेदन दिएको छ ।
सर्वोच्च अदालतले कुनै पनि आदेश नगर्दा सम्म काम गर्न पाउने प्रावधान गरेको छ । वार्डअध्क्ष्य र केही स्थानिय वासिको अवरोध का कारण सम्पन्न भईसक्नु पर्ने काम ढिला भएको हो ।