सिरानचोक गाँउपालिकामा पहिलो पटक एक जानामा कोरोना पुष्टि
गोरखाको सिरानचोक गाँउपालिकामा पहिलो पटक एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार साँझ प्रेस विज्ञप्ती जारी गरेर गोरखाको सिरानचोक गाँउपालिकामा ३६ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको छ ।
सिरानचोक गाँउपालिका वडा न. ५ छोप्राक घर भएका ति व्यक्ति भारतबाट आएर वडा न. ट नयाँसाघुमा क्वारेन्टाईनमा बसेका थिए । उनलाई आइसोलेसनमा ल्याउने तयारी भयरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।