पाल्पा पहिराेमा ज्यान गुमाएका तीनै जनाको सनाखत
(पाल्पा) पाल्पाको सम्मोवारीमा सोमबार साझ ४ः४५ बजे पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका- २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका- ८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको थियो।
पाल्पा–गुल्मी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका- ११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै सडक अवरुद्ध भएकाे थियाे । बिहानैदेखि सडक जाम भैरहेको र सडक डिभिजन कार्यालय पाल्पाको स्काभेटरले सडक खुलाउने काम पनि सोही स्थानमा भैरहेको अवस्थामा सडकमा रोकिराखेको लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्ककरलाई माथिबाट एक्कासि खसेकाे पहिरोले बगाएको थियो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्ककर तल खोल्सामा टुक्राटुक्रा परेको अवस्थामा रहेको छ।
पाल्पा, ९ असार । पाल्पाको सम्मोवारीमा सोमबार साझ ४ः४५ बजे पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।